काठमाडौं–निजगढ द्रुतमार्ग: महादेवटार सुरुङको दोस्रो खण्डको आज ‘ब्रेक थ्रु’ हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने

काठमाडौं–निजगढ द्रुतमार्ग: महादेवटार सुरुङको दोस्रो खण्डको आज ‘ब्रेक थ्रु’ हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने

  • बुधबार, मंसिर २, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

हेटौँडा । तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको दोस्रो खण्डको आज ‘ब्रेक थ्रु’ गरिँदैछ।

नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सुरुङको ‘ब्रेक थ्रु’ गर्न लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेल बिहान ९:३० बजे हेलिकप्टरमार्फत महादेवटार आइपुग्ने कार्यक्रम छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ र बकैया गाउँपालिका-१२ लाई जोड्ने महादेवटारमा दुईवटा समानान्तर सुरुङ निर्माणाधीन छन्। जसमध्ये आज ३.४४५ किलोमिटर लामो सुरुङ खण्डको ‘ब्रेक थ्रु’ हुन लागेको हो। यसअघि अर्कोतर्फको ३.४८६ किलोमिटर लामो सुरुङ खण्डको गत भदौमै ‘ब्रेक थ्रु’ भइसकेको छ।

राष्ट्रिय गौरवको यो आयोजनाअन्तर्गत कूल ७ वटा सुरुङ निर्माणाधीन अवस्थामा रहेका छन्। नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी निर्माण कार्य तीव्र पारिरहेको छ। जसमा प्याकेज १ देखि १० सम्मका अधिकांश खण्डहरू हाल कार्यान्वयन र निर्माणको चरणमा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ