एनपिएलः चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित

एनपिएलः चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित

  • आइतवार, कार्तिक २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

काठमाडौँ, २९ कात्तिकः कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध २४ रनको जित निकालेको छ । यो जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न भने वञ्चित भएको छ ।

उसले यसपटक सात खेलमध्ये चारमा हार तथा तीन खेलमा मात्र जित निकाल्यो । कर्णालीविरुद्ध हारको सामना गरे पनि चितवनले प्लेअफमा स्थान बनाएको छ ।

आज कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । उसका लागि कामिल मिसराले २५, उसमा मिरले अविजित २८, कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमासमेत रन जोड्न सकेनन् ।

बलिङतर्फ कर्णालीका लागि हुसेन तलातले ३, पवन सर्राफ र मार्क वाटले समान २÷२ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनायो । उसका लागि हुसेन तलातले अविजित ५१, आरिफुल इस्लामले ३५,, गुलशनकुमार झाले १८ र पवन सर्राफले १५ रन बनाए ।

बलिङतर्फ चितवनका लागि सलाहुद्दीन खान, उसामा मिर र कमल सिंह ऐरीले समान २÷२ तथा कप्तान सिकन्दर रजा र रिजन ढकालले १÷१ विकेट लिए । आजै अर्को खेल काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ