एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै

  • आइतवार, कार्तिक २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका अन्तिम दुई खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछन्।

आजको पहिलो खेलमा दिउँसो १ बजे चितवन राइनोज् र कर्णाली याक्स आमने-सामने हुँदैछन्। शनिबार लुम्बिनीले विराटनगरलाई पराजित गरेसँगै चितवन प्लेअफमा प्रवेश गरिसकेको छ। चितवनले इलिमिनेटरमा काठमाडौं गोर्खाजसँग खेल्ने तय भइसकेको छ। ७ अंक जोडिसकेको चितवन आजको खेल जित्दै तालिकामा अंक थप्ने दाउमा छ। यता ६ मध्ये ४ खेलमा पराजित भई अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको कर्णालीका लागि भने आजको नतिजाले खासै फरक पार्ने छैन; जित वा हार जे भए पनि कर्णाली प्रतियोगिताबाट बाहिरिइसकेको छ।

त्यस्तै, साँझ ५ बजे हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन्। तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौंको ८ अंक छ भने लिगमा मात्र एक खेल जितेर २ अंक जोडेको पोखरा तालिकाको पुछारमा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ