देशभर उत्साहका साथ भाईटीका लगाउने क्रम जारी

देशभर उत्साहका साथ भाईटीका लगाउने क्रम जारी

  • बुधबार, कार्तिक २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौँ । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज देशभर दाजुभाइ र दिदीबहिनीहरूले उत्साहका साथ भाईटीका लगाइरहेका छन्। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै अष्टचिरञ्जीवी र यमराजको पूजा गरी सप्तरङ्गी टीका र मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिने क्रम जारी छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:०७ बजेको समय टीकाका लागि उत्तम साइत निर्धारण गरे पनि दिनभर नै टीका लगाउन सकिने जनाएको छ। टीका लगाउँदा दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनी पूर्व फर्कने शास्त्रीय विधि रहेको छ।

दिदीबहिनीहरूले दाजुभाइलाई तेलको धाराले घेरेर, ओखर फुटाएर यमराजको भयबाट मुक्तिको कामना गर्दै भाइपला, ओखर, कटुस, र विभिन्न मसलाका साथै भाइमसला र सेलरोटी खुवाउने गर्छन्।

बदलामा दाजुभाइले पनि दिदीबहिनीलाई टीका र माला लगाइदिएर आफ्नो क्षमताअनुसार वस्त्र, दक्षिणा र उपहार दिई सम्मान व्यक्त गरिरहेका छन्।

यसैबिच, दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुल्ला गरिएको छ। बिहानैदेखि सो मन्दिरमा पुगेर दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले टीका ग्रहण गरिरहेका छन्।उपत्यकालगायत देशका विभिन्न भागमा नेवार समुदायले आजै किजापूजा पनि मनाइरहेका छन्। तिहारको यस अन्तिम दिनले दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय सम्बन्ध र पारिवारिक एकतालाई अझ प्रगाढ बनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ