बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

  • आइतवार, कार्तिक २, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

म्याग्दी, १ कात्तिकः सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ ।

बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो ।

मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरी आज दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चलाउन मिल्ने बनाइएको जानकारी दिनुभयो ।

“निरन्तर खसिरहेको पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दसँैको समयमा जन्मथलो जाने नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो”, उहाँले भन्नुभयो ।

बेनी–दरबाङ सडकलाई, म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ ।

यसैबीच फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

पहिरो र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरिक्षण गरी यातायात सञ्चालन र सडक मर्मतका लागि सहजीकरण गर्नुभएको थियो ।

विसं २०५८ मा सो सडकमार्ग सञ्चालनमा आएदेखि नै पहिरोले दुःख दिने गरेको जानकारी दिँदै सदस्य गिरीले यसअघिभन्दा फरक स्थानमा पहिरोको समस्या देखिएकाले बाध्य भई वैकल्पिक मार्ग खोल्न परेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ