फूलपातीको दिन उपत्यका छाड्नेको ठूलो घुइँचो: नयाँ बसपार्क र कोटेश्वरमा भिड

फूलपातीको दिन उपत्यका छाड्नेको ठूलो घुइँचो: नयाँ बसपार्क र कोटेश्वरमा भिड

  • शनिबार, कार्तिक १, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

काठमाडौँ । बडादसैँको प्रमुख दिन फूलपातीका अवसरमा आज काठमाडौँ उपत्यका छाडेर आ-आफ्नो गृह जिल्ला तथा गाउँतर्फ जाने यात्रुहरूको ठूलो घुइँचो लागेको छ।

चाडपर्व मनाउन घर फर्किने यात्रुहरूको चाप बढेसँगै काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्क र कोटेश्वर क्षेत्रमा सर्वसाधारणको निकै बाक्लो चहलपहल देखिएको छ। विभिन्न गन्तव्य स्थानमा जानका लागि यात्रुहरूलाई सहज रूपमा सेवा दिन नयाँ बसपार्कमा ठूला बसका साथै माइक्रोबसहरूसमेत तयारी अवस्थामा राखिएका छन्।

सार्वजनिक सवारी साधनका साथै निजी गाडी तथा मोटरसाइकलमार्फत घर फर्किनेहरूको संख्या पनि निकै उच्च रहेको छ। उपत्यकाका प्रमुख नाकाहरू विशेष गरी कोटेश्वर र नागढुङ्गा क्षेत्रमा निजी सवारी साधन र मोटरसाइकलको बाक्लो आवतजावत देखिएको छ। अघिल्ला दिनहरूको तुलनामा आज फूलपातीका दिन छोटो तथा मध्यम दूरीका गन्तव्यतर्फ जाने यात्रुहरूको संख्यामा थप वृद्धि भएको छ।

यात्रुहरूलाई सुरक्षित र व्यवस्थित ढङ्गले गन्तव्यसम्म पुर्याउन तथा नाकाहरूमा हुन सक्ने सवारी जामलाई नियन्त्रण गर्न बसपार्क तथा मुख्य नाकाहरूमा ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरू व्यापक रूपमा परिचालन गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ