कांग्रेस सभापतिमा गगन थापाको ऐतिहासिक विजय: १ हजार ८२४ दिनको कार्यकाल र बदलिँदो राजनीतिक परिदृश्यका चुनौतीहरू

कांग्रेस सभापतिमा गगन थापाको ऐतिहासिक विजय: १ हजार ८२४ दिनको कार्यकाल र बदलिँदो राजनीतिक परिदृश्यका चुनौतीहरू

  • शनिबार, अशोज २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

२४ असोज, २०८३ (१० अक्टोबर, २०२६)

काठमाडौँ। अपेक्षित नतिजा अनुरूप नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको नयाँ सभापतिमा निर्वाचित हुनुभएको छ। २०८३ पुसको विशेष महाधिवेशनका सूत्रधारसमेत रहनुभएका थापा ६ हजार ५८४ मत प्राप्त गर्दै ९३.८८ प्रतिशत महाधिवेशन प्रतिनिधिको भारी विश्वाससहित पार्टीको सर्वोच्च नेतृत्वमा पुग्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो। लामो समयसम्म प्रश्न उठाउने ठाउँमा रहनुभएका थापा अब पार्टी र देशको नीतिगत निर्णयको उत्तर दिने आसनमा पुग्नुभएको छ।

बालकांग्रेसबाट राजनीतिक यात्रा सुरु गरी नेविसंघको मञ्च हुँदै २०६२/०६३ को जनआन्दोलनमा गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिएका थापाले ३५ वर्षको राजनीतिक संघर्षपछि पार्टी बागडोर सम्हाल्नुभएको छ। पार्टीभित्र पुस्तान्तरणको नारालाई मुख्य एजेन्डा बनाउँदै आउनुभएका उहाँलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माको बलियो साथ रहेको छ। वर्तमान विधान र राजनीतिक अंकगणित अनुसार उहाँसँग सभापतिका रूपमा प्रभावकारी काम गर्न १ हजार ८२४ दिनको समयसीमा बाँकी छ। यो अवधिले नै उनी आगामी दिनमा कांग्रेसको इतिहासमा कति स्मरणीय र पूज्य बन्छन् भन्ने निर्धारण गर्नेछ।

गगन थापाका सामु पार्टीभित्र र बाहिर निकै जटिल चुनौतीहरू खडा छन्। जेनजी आन्दोलनपछिको बदलिँदो जनभावना, पुराना कार्यकर्ताको पलायन, बिचौलिया संस्कृतिको अन्त्य र नयाँ राजनीतिक शक्ति (रास्वपा) सँगको कडा प्रतिस्पर्धाबीच कांग्रेसलाई जोगाउनु उहाँको पहिलो कार्यभार हो। विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भए पनि जनताको नजरमा कांग्रेसको पुरानो छवि पूर्ण रूपमा सुधार भइसकेको छैन। यसबाहेक, संसद् र सरकारबाहिर रहेर प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई सन्तुलनमा राख्ने, आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा पार्टीलाई पुनर्जीवित गर्ने र लोकतान्त्रिक मूल्य मान्यता जोगाउने चुनौती पनि उहाँसामु उत्तिकै उभिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ