दिल्लीमा ककरोच पार्टीको प्रदर्शन चर्कियो: संस्थापक दीपके र ध्रुव राठीसहित ६०० पक्राउ, भाजपाद्वारा भर्त्सना

दिल्लीमा ककरोच पार्टीको प्रदर्शन चर्कियो: संस्थापक दीपके र ध्रुव राठीसहित ६०० पक्राउ, भाजपाद्वारा भर्त्सना

  • शनिबार, अशोज २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

२४ असोज, काठमाडौँ। भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावली विशेष गहन पुनरीक्षण (एसआईआर) को निलम्बन माग गर्दै ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको प्रदर्शनका कारण राजधानी नयाँ दिल्लीको जनजीवन अस्तव्यस्त बनेको छ। यसैबिच सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले यो विरोध प्रदर्शनलाई देशलाई अस्थिर बनाउने योजनाबद्ध प्रयासको संज्ञा दिनुभएको छ। अध्यक्ष नवीनले राहुल गान्धी नेतृत्वको ‘भारतीय गठबन्धन’ र अरविन्द केजरीवालको सहयोगी सीजेपीले देशका १४० करोड जनतालाई अराजकतातिर धकेल्न प्रतिस्पर्धा गरिरहेको आरोप लगाउनुभएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे कार्यकालमा देशलाई त्रास र नक्सलवादबाट मुक्त गरिएको दाबी गर्दै नवीनले सहरी नक्सल मानसिकता भएका व्यक्तिहरूले पुनः अशान्ति फैलाउन खोजेको बताउनुभयो। प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली प्रहरीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ सीजेपीका संस्थापक अभिजित दीपके, सह-संयोजक आशुतोष रान्का र सौरभ दासलाई हिरासतमा लिएको छ। पक्राउ पर्नुअघि दीपकेले आफू प्रहरीको हिरासतबाट नडराउने र यो कदम तानाशाही प्रवृत्तिको उदाहरण भएको टिप्पणी गर्नुभएको थियो।

राजधानीका जन्तरमन्तर र कनट प्लेस क्षेत्रमा भड्किएको प्रदर्शनका क्रममा प्रहरीले चर्चित युट्युबर ध्रुव राठी र सीजेपीका संस्थापकहरूसहित ६०० भन्दा बढी समर्थकहरूलाई नियन्त्रणमा लिएको छ। आन्दोलनलाई नियन्त्रणमा लिन सीमा सुरक्षा बल (बीएसएफ) सहित ३ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिनुका साथै ४५ वटा मेट्रो स्टेशन बन्द र १० वटा अस्थायी हिरासत केन्द्र स्थापना गरिएका छन्। साथै २५० भन्दा बढी मेल तथा एक्सप्रेस रेल रद्द गरिएका छन् भने इन्डिया गेट वरपरको ४ किलोमिटर क्षेत्रमा इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ