पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आइएमएफको सहमति

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आइएमएफको सहमति

  • बिहिबार, अशोज २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको छ । उक्त सम्झौता कार्यान्वयनका लागि आइएमएफको कार्यकारी बोर्डको स्वीकृति आवश्यक हुनेछ ।

आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्व द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्र व्यवस्थापन गरेको र कडा नीतिले समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको बताउनुभयो ।

बढ्दो मूल्यवृद्धि, उच्च ऊर्जा मूल्य र आपूर्ति अवरोधका कारण पाकिस्तानको कमजोर अर्थतन्त्रमा दबाब कायमै रहेको छ । आइएमएफका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि ४ प्रतिशत रहेको छ भने समग्र आर्थिक वृद्धि ३.६ प्रतिशत रहने अनुमान गरिएको छ ।

पेट्रोभालका अनुसार मेमा उच्च विन्दुमा पुगेको मुद्रास्फीति सेप्टेम्बरमा करिब १०.३ प्रतिशतमा सीमित रहेको छ । उहाँले मुख्य मुद्रास्फीति नियन्त्रणमा रहेको पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ