छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

  • बुधबार, अशोज २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

चितवन, २१ असोजः जिल्लामा विगत छ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार ५८४ हेक्टर क्षेत्रफल सिञ्चित गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लाका विभिन्न ठाउँमा भूमिगत सिँचाइमार्फत सो क्षेत्र सिञ्चित गरेको हो ।

आयोजनाका प्रमुख विश्ववन्धु केसीका अनुसार आयोजनाले २०७७ सालबाट काम सुरु गरेको हो । आयोजनाले काम सुरु गरेपछि जिल्लामा १४२ वटा डिपबोरिङ र ३५७ वटा पावरड्रिल ट्युबेल जडान गरी सो क्षेत्रमा सिँचाइ गरिएको हो । आयोजनाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र मकवानपुर जिल्ला पनि हेर्दै आएको छ । जसमा आयोजनाले हालसम्म पाँच हजार ११७ हेक्टर क्षेत्रफल सिञ्चित गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जिल्लामा गरी २०२ वटा डिपबोरिङ र ६७० वटा पावरड्रिल ट्युबेल जडान गरिएको छ ।

पहाडी क्षेत्र र सिँचाइको अभाव भएका ठाउँमा यस परियोजनाले सिँचाइको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो । सिँचाइको व्यवस्था भएसँगै सो क्षेत्रमा बेमौसमी तरकारी, समयमा अन्नबाली लगाउने गरेका छन् । पछिल्ला वर्ष आयोजनामा बजेट कम हुँदा मागअनुसार काम गर्न नसकिएको उहाँले बताउनुभयो । यस वर्ष आयोजनाले विगतमा निर्माण गरेका ट्युबेलहरूको बाँकी काम गर्दैछ । कतिपय ठाउँमा ट्युबेल निर्माण गरेर पाइपलाई जडानको काम बाँकी छ । पहिलेपहिले पानीको अभावमा खेती गर्न नपाएका किसानले अहिले नगदेबाली लगाएर आयआर्जन वढाउन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ