पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

  • मङ्लबार, अशोज १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 475
    SHARES

ताप्लेजुङ, १३ असोजः कर्मचारी मिलन केन्द्र ताप्लेजुङले देशभरका कर्मचारी मिलन केन्द्रलाई यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभराको टीका–प्रसाद पठाएको छ ।

पाथीभरा मन्दिरको दर्शनको निम्तोसहित देशभरका कर्मचारी मिलन केन्द्रमा टीका–प्रसाद पठाइएको कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाथीभराको प्रवर्द्धनसँगै सबै जिल्लाका कर्मचारीसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रसाद पठाइएको हो । पाथीभराको प्रसाद जिल्ला हुलाक कार्यालय ताप्लेजुङमार्फत सम्बन्धित जिल्लामा पठाइएको हो । हुलाक कार्यालयले सुरक्षित रूपमा सामग्री सम्बन्धित व्यक्तिसम्म पु¥याउने गरी ढुवानी सेवा सञ्चालन गर्दै आएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले यसअघि जिल्ला हुलाक कार्यालयसँग देश तथा विदेशमा पाथीभराको प्रसाद पठाउने गरी सम्झौता गरेको थियो । सोहीअनुसार हुलाकमार्फत पाथीभराको प्रसाद विभिन्न स्थानमा पठाउन सकिने व्यवस्था गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले भक्तजनका लागि प्रसाद निःशुल्क उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय पाथीभराको प्रसाद देश तथा विदेशमा पठाउने क्रमसमेत बढ्दै गएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँले पाथीभराप्रति गहिरो विश्वास राख्ने भक्तजनका लागि यसबाट सहजता भएको र मन्दिरको प्रचारप्रसारमा समेत मद्दत पुगेको छ भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी