एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

  • सोमवार, अशोज १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 950
    SHARES

काठमाडौँ, १२ असोजः जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार आज टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो शिमिजुको जोडीको सामना गर्नेछ ।

महिला सिङ्गल्समा भने शिभाली र स्वस्तिका दुवै पहिलो चरणबाटै बाहिरिएका थिए । शिभाली दक्षिण कोरियाकी दायोन बाकसँग ६–१, ६–० तथा स्वस्तिका जापानकी मोयुका उचिजिमासँग ६–१, ६–१ को सेटमा पराजित भएकी थिइन् ।

मिक्स्ड डबल्समा पनि शिभालीले दोस्रो चरणको यात्रा तय गर्न सकिनन् । पुरुष सिङ्गल्सको दोस्रो चरणमा अभिषेक बास्तोलाले आज काजकिस्तानका एलेक्सेन्डर सेभचेन्कोविरुद्ध खेल्नेछन् । अभिषेकले यसअघि प्रदीप खड्कासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेका थिए । एथलेटिक्सतर्फ आज महिला पाँच हजार मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ