एसियाली खेलकुद क्रिकेट: नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा, अब श्रीलंकासँग भेट

एसियाली खेलकुद क्रिकेट: नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा, अब श्रीलंकासँग भेट

  • शनिबार, अशोज १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौं, असोज ११ — जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

शनिबार निसिन मैदानमा नेपाल र आयोजक जापानबीच हुने भनिएको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीनमा टुंगिएको छ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोरा र लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे।

सन्दीप जोरा: ३२ बलमा ५ चौका र ३ छक्कासहित अविजित ५७ रन

लोकेश बम: २२ बलमा ६ छक्का र १ चौकासहित अविजित ५२ रन

आसिफ शेख: २१ रन

वर्षाका कारण त्यसपछि थप खेल हुन नसकेपछि खेल बराबरीमा रोकियो र दुवै टोलीले एक–एक अंक बाँडे।

यसअघि अफगानिस्तानमाथि ५ विकेटको सानदार जित निकालेको नेपालले समूह चरणको यात्रा अपराजित रूपमा समाप्त गरेको छ। जापानसँगको खेलबाट प्राप्त १ अंकसहित नेपाल कुल ३ अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा कब्जा जमाउन सफल भयो।
समूह चरण पार गरेसँगै अब नेपाली टोलीले सेमिफाइनल प्रवेशका लागि आगामी सेप्टेम्बर २९ (असोज १३ गते) श्रीलंकाको सामना गर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ