बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य

बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य

  • शुक्रबार, अशोज ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

काठमाडौँ, ९ असोजः जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको योगफल बनाएको हो । अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० रन बनाए । त्यस्तै नजिबुल्लाह जाद्रानले ३० रन तथा नङ्गेलिया खानले अविजित १७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो । अफगानिस्तानको भने दोस्रो खेल हो । पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ