Mirmire Online

Advertisment

SKIP THIS

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

  • बिहिबार, अशोज ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

वालिङ (स्याङ्जा), ८ असोजः स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ । सो घटनामा परी पुतलीबजार–१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

भीरकोट–३ बजादीमा विवाहको भोज खाएर बयरघारी फर्किने क्रममा भीरकोट–१ करूङ बयरघारी केगा भित्री सडकखण्डमा साँझ जीप दुर्घटना भएको हो । ग १ ज ७६१० नम्बरको जीपको स्टेरिङ लक भई घुम्तीमा मोडिन नसक्दा सडकबाट २० मिटर तल खसेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरूको नगर अस्पतालमा उपचारमा भइरहेको छ । जीप र त्यसका चालक खेमप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी