नवदीक्षित चिकित्सकलाई प्रधान सेनापतिद्वारा प्रमाणपत्र

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापतिद्वारा प्रमाणपत्र

  • बिहिबार, अशोज ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 475
    SHARES

काठमाडौँ, ८ असोजः नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा शैक्षिक सत्र २०७६/७७ देखि सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबिबिएस उत्तीर्ण भएपश्चात् इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका नवदीक्षित ८५ जना चिकित्सकलाई आज प्रधान सेनापति अशोकराज सिग्देलले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

प्रधान सेनापतिले स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा सदाझैँ मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित भई कार्य गर्न सुझाव दिँदै दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थानका कार्यकारी निर्देशक डा भैरवकुमार हमालसहित रथीवृन्द, प्राध्यापक तथा प्राचार्य, सैनिक अधिकृत, कर्मचारी, नवदीक्षित चिकित्सक तथा परिवारजनको पनि उपस्थिति थियो ।

नेपाली सेनाले स्वास्थ्य शिक्षामार्फत स्वास्थ्य सेवामा टेवा पुर्‍याउने पवित्र उद्देश्यका साथ २०६८ सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म ९४४ जना चिकित्सकहरू दीक्षित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ