८ असोज,ताप्लेजुङ ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब १० वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा फैलिएको आगो नियन्त्रणमा लिन स्थानीय प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजङ्घा गुल्मको टोली खटिएको छ। साथै, आगो निभाउन नेपाली सेनाका दुई वटा दमकलसमेत परिचालन गरिएको छ। आगलागीको मुख्य कारण हालसम्म खुल्न नसकेको र सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline