काठमाडौँ। जापानमा आयोजना हुन लागिरहेको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानत्वमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। मंगलबार क्यानले सार्वजनिक गरेको टोलीमा युवा र अनुभवी खेलाडीहरूको सन्तुलित समिश्रण रहेको छ।
घोषित टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल समावेश छन्।
अर्को सातादेखि जापानमा सुरु हुने एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल असोज ९ गते अफगानिस्तानविरुद्ध खेल्नेछ भने दोस्रो खेलमा असोज १० गते आयोजक जापानको सामना गर्ने कार्यतालिका रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline