निक्षेप घट्नुलाई तरलता जोखिम मान्न राष्ट्र बैंकको निर्देशन, ‘रिस्क म्यानेजमेन्ट गाइडलाइन्स २०२६’ जारी

निक्षेप घट्नुलाई तरलता जोखिम मान्न राष्ट्र बैंकको निर्देशन, ‘रिस्क म्यानेजमेन्ट गाइडलाइन्स २०२६’ जारी

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबाट निक्षेप बाहिरिन थालेमा त्यसलाई सामान्य कारोबारको उतारचढाव मात्र नभई तरलता जोखिमको पूर्वसंकेतका रूपमा मूल्यांकन गर्न नेपाल राष्ट्र बैंकले कडा निर्देशन दिएको छ। केन्द्रीय बैंकले जारी गरेको ‘रिस्क म्यानेजमेन्ट गाइडलाइन्स, २०२६’ अनुसार अस्थिर वा अप्रत्याशित रूपमा निक्षेप बाहिरिनुले भविष्यमा वित्तीय सङ्कट सिर्जना गर्न सक्ने भएकाले बैंकहरूले समयमै निक्षेपको प्रकृति, दायित्व र अवधिको निरन्तर निगरानी गरी पूर्वचेतावनी सूचक (Early Warning Indicators) तयार गर्नुपर्नेछ।

मार्गदर्शनले खुद्रा निक्षेप बाहिरिनु, अस्थिर ठूला निक्षेपका आधारमा तीव्र कर्जा विस्तार हुनु, कर्जाको गुणस्तर खस्कनु र आम्दानीमा गिरावट आउनुलाई तरलता जोखिमका प्रमुख संकेतका रूपमा वर्गीकरण गरेको छ। बैंकहरूलाई निक्षेपमा मात्र निर्भर नभई अल्पकालीन/दीर्घकालीन ऋणपत्र, अन्तरबैंक ऋण सुविधा, रिपो कारोबार र पुँजी वृद्धि जस्ता वैकल्पिक स्रोतहरूको प्रबन्ध गर्न भनिएको छ। साथै, वित्तीय संस्थाले सामान्य र तनावपूर्ण (Stress) दुवै अवस्थाका लागि नियमित ‘स्ट्रेस टेस्टिङ’ गर्नुपर्नेछ।

यसपटक राष्ट्र बैंकले जोखिम व्यवस्थापनको नयाँ पाटोका रूपमा जलवायुजन्य जोखिमलाई पनि विस्तृत रूपमा समेटेको छ। बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रका कर्जा एवं भौतिक सम्पत्तिमा पुर्‍याउन सक्ने नोक्सानीको मूल्यांकन गर्न अनिवार्य गरिएको छ। बैंकहरूले कर्जा, तरलता, प्रविधि र वातावरणीय जोखिमसमेतका लागि आफूले लिन सक्ने (‘रिस्क एपिटाइट’) र सहन सक्ने (‘रिस्क टोलरेन्स’) स्पष्ट सीमा निर्धारण गरी जोखिम व्यवस्थापन चुस्त बनाउनुपर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी