काठमाडौँ। सर्वोच्च अदालतको नयाँ भवनमा बुधबार बिहान पुनः आगलागी भएको छ। बिहान साढे ८ बजेतिर नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटका २० र २१ नम्बर कोठामा आगो लागेको पाइएको हो। आगलागीबाट तीनवटा कम्प्युटर प्रणाली जलेर पूर्ण रूपमा क्षति पुगेको छ।
प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट (Short Circuit) भएर आगलागी भएको जनाइएको छ। घटनापछि न्यायकर्मी हरि भट्टराईले आगलागी स्थलका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै सावधानी अपनाउनुपर्ने औँल्याएका छन्।
सर्वोच्च अदालतमा पछिल्लो समय श्रृङ्खलाबद्ध रूपमा आगलागीका घटना भइरहेका छन्। यसअघि भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पुरानो भवनमा आगजनी भएपछि अदालतका प्रशासनिक तथा न्यायिक कामहरू नयाँ भवनबाट सञ्चालन हुँदै आएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline