माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

धनगढी (कैलाली), २८ भदौः कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आउनुभएको छ । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गर्नुभएका उहाँका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ ।

विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने योजनासहित माछापालन व्यवसाय गर्दै आउनुभएका खरेलले माछापालन व्यवसायबाट वार्षिक रूपमा रु १५ लाख बचत गर्दै आउनुभएको छ । उहाँले रु १२ हजार लगानीबाट माछापालन व्यवसाय सुरु गरेको भन्दै हालसम्म करिब रु ५० लाख लगानी गरिसकेको जानकारी दिनुभयो ।

आफ्नै जमिनमा चार वटा ठूला पोखरी निर्माण गरी माछापालन गर्दै आएको बताउँदै खरेलले वार्षिक रु ६५ लाख बराबरको कारोबार हुने उल्लेख गर्नुभयो । सम्पूर्ण खर्च कटाएर वार्षिक रु १५ लाख जति बचत हुने गरेकोे उहाँको भनाइ छ ।

“माछापालनमा लगानीसँगै मेहनत र समय दिनुपर्दछ । राम्रोसँग व्यवस्थापन गर्न सके यसबाट परिवारको खर्च धान्ने मात्र होइन, राम्रो बचत पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो । माछापालन व्यवसायको रेखदेख तथा हेरचाहका लागि आठ जना स्थानीयलाई उहाँले रोजगार दिनुभएको छ । उहाँहरूको मासिक तलब मात्रै रु एक लाख ५२ हजार रहेको उहाँले जानकारी दिनुभयो ।

खरेलको पोखरीमा हाल ग्रास, कमनकार्प, रहु, जलकपुरलगायत जातका ३०० क्विन्टल जति माछा छन् । माछा होलसेलमा प्रतिकिलो रु ३०० र खुद्रा प्रतिकिलो रु ३५० का दरले बिक्री गर्दै आएको उहाँले बताउनुभयो । पछिल्लो समय यहाँका दक्षिणी सिमानाका कडाइ गरिएपछि अवैध रूपमा नेपाल भित्रिने भारतीय माछाको आयात रोकिएपछि बजारमा माछाको मूल्य पनि सोचेअनुुसार प्राप्त भइरहेको किसान खरेलले बताउनुभयो ।

माछा पालन व्यवासायसँगै कुखुरापालन, बङ्गुुरपालन व्यवसाय पनि उहाले गर्दै आउनुभएको छ । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न माछापालन जस्ता व्यवसायलाई प्रोत्साहन गर्न सके गाउँमै रोजगारी सिर्जना हुनाका साथै किसानको आर्थिक अवस्था सुधारमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी