भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 874
    SHARES

बारा, २५ भदौः भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

विनासकारी बाढीसँगै रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध भएपछि चीनबाट आयात हुने कतिपय मालवस्तु अवरुद्ध नाका परिवर्तन गरी वीरगन्जबाट भित्रिन थालेपछि आयात बढेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताउनुभयो ।

“दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै लत्ताकपडा, जुत्ता, सजावटजन्य सामग्री, ड्राइ फ्रुट, चकलेटलगायतका मालवस्तु ल्याउँदा आयात बढ्नु स्वभाविक हो” उहाले भन्नुभयो, “अन्य महिनाको तुलनामा दसैँमा आयात बढ्ने नै हो, तर यसपटक उत्तरतर्फका प्रमुख दुई नाका अवरुद्ध हुँदा वीरगन्जमा दवाव बढेको छ ।”

प्रमुख भन्सार प्रशासक मैनालीका अनुसार उत्तरी नाका अवरुद्ध रहेको अवस्थामा व्यापारीले दक्षिणी नाकाबाट भए पनि चाडपर्व लक्षित सामान आयात गरिरहेका छन् । दसैँ तथा अन्य पर्व लक्षित गरेर बुकिङ गरिएका मालसामन नाका परिवर्तन गरेर भएपनि ल्याउन थालिएको छ । लामो समयसम्म यस्तै अवस्था कायम रहे भन्सार कारोबार वृद्धि भई लक्ष्यभन्दा बढी राजश्व सङ्कलन हुनु स्वाभविकै हो ।

वीरगन्ज भन्सारअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहाबाट रेलमार्फत चीनबाट आयात भएका केही सामान भित्रिन सुरु भइसकेको तथा चाडपर्व लक्षित सामानसँगै इन्धन, सवारी साधन, निर्माणजन्य, खाने तेललगायतका मालवस्तु नियमित आयात भइरहेकाले भदौ महिनामा वीरगन्ज भन्सारको राजस्व असुली उत्साहजनक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

“आयातको मात्रा बढेकै कारण राजस्व असुलीमा पनि सुधार देखिएको छ,” उहाले भन्नुभयो, “अहिले दैनिक ७० प्रतिशतले राजस्व असुली बढेको तथ्याङ्क छ ।” भदौ महिनाको राजस्व असुली लक्ष्य रु २३ अर्ब ५२ करोड रहेकोमा २४ गते बुधवारसम्म ९३ दशमलव ३७ प्रतिशत राजस्व सङ्कलन भइसकेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।

प्रमुख भन्सार प्रशासक मैनालीका अनुसार चालु आर्थिक वर्षमा वीरगन्ज भन्सार कार्यालयले रु दुई खर्ब ९३ अर्ब राजस्व असुली गर्ने लक्ष्य पाएको छ । भोटेकोशी बाढी लगतै राजस्व असुलीमा केही कमी आए पनि अहिले चिनियाँ सामग्री पनि भित्रिन थालेपछि उत्साहजन वृद्धि भएको छ ।

भोटेकोशी बाढीले राजधानी काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध भएपछि मालवाहक ठूला गाडीले वैकल्पिक सडक प्रयोग गर्नुपरेको तथा एउटा कन्टेनरबाट ल्याएका सामन तीन वटामा राखी ढुवानी गर्नुपर्ने भएकाले चाडवाडको अवसरमा बजार मूल्य बढ्ने होकी भनी उपभोक्ताबादी सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन् । विपत्को क्षणमा सडक तथा ढुवानी यातायातलाई देखाएर मनपरी ढङ्गबाट मूल्य बढ्नसक्ने आशङ्कासहित बजार अनुगमनमा जोड दिन र उपभोक्ता स्वयं सचेत हुन अनुरोध गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी