भोटेकोसी बाढीको विनाशलीला: दुई खर्बको पूर्वाधार ध्वस्त, ४३१ मेगावाट बिजुली ठप्प

भोटेकोसी बाढीको विनाशलीला: दुई खर्बको पूर्वाधार ध्वस्त, ४३१ मेगावाट बिजुली ठप्प

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोट क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। दशकौँको श्रम र खर्बौँ रुपैयाँ लगानीमा निर्माण गरिएका सडक, पुल, जलविद्युत् आयोजना र प्रसारण लाइनहरू छिनभरमै सोहोरिएका छन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार बाढीका कारण प्रारम्भिक रूपमा करिब दुई खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

स्थलगत निरीक्षणका क्रममा नुवाकोटको विदुर, बेत्रावती हुँदै रसुवाको स्याफ्रुबेसी, टिम्मुरे र नेपाल–चीन सीमा क्षेत्रसम्मका पूर्वाधार जगैदेखि उखेलिएका छन्। टिमुरे बजार, नेपाल-चीन सीमाको मितेरी पुल (बेलिब्रिज), भन्सार कार्यालय र यार्डको नामोनिसान बाँकी छैन।

भौतिक क्षति तथा पूर्वाधारको अवस्था

सडक तथा पुल: पासाङ ल्हामु राजमार्गको करिब ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा ध्वस्त भएको छ। गाउँ र राजमार्ग जोड्ने १९ वटा मोटरेबल पुल बाढीले बगाएको छ।

जलविद्युत् आयोजना: रसुवागढी, सालासंगी, माथिल्लो सान्जेन, सान्जेन, चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली-३ ए, माथिल्लो मैलुङ, मैलुङ, त्रिशूली, देवीघाट र २५ मेगावाटको सोलार आयोजनासहित १२ वटा उत्पादन केन्द्रमा क्षति पुगेको छ। यसबाट कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाहिर गएको छ।

प्रसारण लाइन र सबस्टेसन: त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्ण रूपमा क्षति भएको छ। समुद्रटार-त्रिशूली (१३२ केभी), चिलिमे-त्रिशूली (६६ केभी), चिलिमे-त्रिशूली-मातातीर्थ (२२० केभी) र त्रिशूली-बालाजु (६६ केभी) प्रसारण लाइनहरू अवरुद्ध भएका छन्।

सञ्चार र बिजुली आपूर्ति: विद्युत् पूर्वाधारमा क्षति पुगेकाले रसुवामा पूर्ण रूपमा र नुवाकोटमा आंशिक रूपमा बिजुली तथा सञ्चार सेवा ठप्प छ।

बाढीको बहाव घटे पनि नदी किनारमा लेदो र गेग्रानको थुप्रो मात्र बाँकी छ। जोगिएका स्थानीय बासिन्दा ज्यान जोगाउन पाखोतिर शरण लिन बाध्य छन् भने सडक सञ्जाल कटेका कारण उद्धार तथा पुनरुत्थानको काम कठिन बनेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी