नेप्से परिसूचक सात अङ्कले घट्यो

नेप्से परिसूचक सात अङ्कले घट्यो

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, २९ साउनः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३७ अङ्कले घटेर दुई हजार ६४३ दशमलव ८३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १३ अङ्कले बढेर चार सय ६४ दशमलव ७३ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४० अङ्कले घटेर एक सय ८१ दशमलव ७६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले घटेर एक सय ५७ दशमलव १३ मा पुगेको नेप्सेले जनाएको छ ।

आज विभिन्न कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर रु चार अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य बढ्दा नौ उपसमूह घटेका छन् ।

आज १०१ कम्पनीको शेयर बढ्यो भने १६४ कम्पनीको मूल्य घट्नुका साथै १२ कम्पनीको मूल्य स्थिर रह्यो । नेप्सेका अनुसार आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, सर्वाेत्तम पेन्ट्स कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज सुपरखुदी हाइड्रोपावर कम्पनी, सिटिजन सन्तुलित योजना, साङ्ग्रिला विकास बैंक डिबेञ्चर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी