चेरी वान्डाका गाडीमा ग्राहकको विशेष आकर्षण, नाइमा एक्स्पोमा उल्लेख्य बुकिङ

चेरी वान्डाका गाडीमा ग्राहकको विशेष आकर्षण, नाइमा एक्स्पोमा उल्लेख्य बुकिङ

  • सोमवार, भदौ १, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा भर्खरै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको विशेष आकर्षण देखिएको छ । एक्स्पोमा चेरी वान्डाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ ।

…मेहेनती हातको विश्वासिलो साथÚ ट्यागलाईनसहित एक्स्पो अवधिभर चेरी वान्डाले आफ्ना ग्राहकका लागि बिना धितो हायर पर्चेज सुविधा समेत उपलब्ध गराएको थियो । यस सुविधाले विशेषगरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई थप सहज बनाएको कम्पनीको भनाइ छ ।
चेरी वान्डाका विद्युतीय सवारीहरू मन्टेश्वरीस्कुल तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि उपयुक्त रहेका छन् । एक्स्पोमा विशेषगरी मन्टेश्वरीस्कुल सञ्चालकहरूले ११ र १२ सिटर गाडीप्रति विशेष रुचि देखाएका थिए । त्यस्तै, होटल तथा ट्राभल एजेन्सी व्यवसायीहरूले १६ सिटर विद्युतीय सवारीमा विशेष आकर्षण देखाएको कम्पनीले जनाएको छ ।
नाइमा एक्स्पोको स्टल नम्बर नं १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीहरू प्रदर्शनमा राखिएका थिए । एक्स्पोमा कुन मोडलमा कति संख्यामा बुकिङ भयो भन्ने विवरण कम्पनीले सार्वजनिक नगरे पनि समग्रमा उल्लेख्य बुकिङ तथा ग्राहकको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छन् ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाको स्टलमा उपस्थित भई सवारीहरूको अवलोकन गर्ने, जानकारी लिने तथा बुकिङ गर्नुहुने सम्पूर्ण ग्राहक, व्यवसायी तथा शुभेच्छुकहरूप्रति चेरी वान्डाको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि. ले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।
जगदम्बा मोटर्सले आगामी दिनमा पनि ग्राहकहरूको आवश्यकता र अपेक्षाअनुसार गुणस्तरीय तथा भरपर्दो विद्युतीय व्यावसायिक सवारी उपलब्ध गराउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी