कुमारी बैंकको मोबाइल एपमा ‘IRD प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा, क्यूआर भुक्तानीमा लाखौँको पुरस्कार पाइने

कुमारी बैंकको मोबाइल एपमा ‘IRD प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा, क्यूआर भुक्तानीमा लाखौँको पुरस्कार पाइने

  • सोमवार, भदौ १, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

१ भदौ, काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभाग (IRD) को करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एप ‘Kumari Smart’ मा ‘IRD Incentive Program’ (आईआरडी प्रोत्साहन कार्यक्रम) सुविधा सञ्चालनमा ल्याएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान (PAN) तथा भ्याट (VAT) बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता बढाउने लक्ष्य राखेको छ।

नयाँ सुविधाका मुख्य विशेषताहरू:

सहभागिताको माध्यम: बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको मर्चेन्ट क्यूआर (Merchant QR) मार्फत भुक्तानी गर्दा स्वतः यो पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्।

ट्र्याकिङ सुविधा: ग्राहकले मोबाइल बैंकिङ एपको ‘IRD प्रोत्साहन कार्यक्रम’ मेनुमार्फत आफूले गरेका योग्य कारोबारको संख्या, विवरण र पुरस्कार प्राप्तिको अवस्था सहजै हेर्न सक्नेछन्।

दैनिक पुरस्कार: आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले कर कट्टीपश्चात् रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

बम्पर पुरस्कार: प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

बैंकले ग्राहकहरूलाई डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान/भ्याट बिल लिन, बिल सुरक्षित राख्न र नियमित रूपमा मोबाइल एपमार्फत आफ्नो योग्यता जाँच गर्न आग्रह गरेको छ। यस अभियानले डिजिटल भुक्तानीको विस्तार, नगदरहित अर्थतन्त्रको निर्माण तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने बैंकको विश्वास छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर रहेका २८५ शाखा, ४१ एक्सटेन्सन काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी