नरैनापुरका १०० जना महिला तथा किशोरीहरूलाई फ्रिडम किट ब्याग्स वितरण

नरैनापुरका १०० जना महिला तथा किशोरीहरूलाई फ्रिडम किट ब्याग्स वितरण

  • सोमवार, साउन २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

नेपालगञ्ज, २५ साउन। बाँकेको नरैनापुर गाउँपालिका वडा नं. २ लक्ष्मणपुरका १०० जना महिला तथा किशोरीहरूलाई फ्रिडम किट ब्याग्स वितरण गरिएको छ। एफकेबी युकेको सहयोगमा बास नेपालद्वारा सञ्चालित “महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता, शिक्षा तथा व्यवस्थापन” कार्यक्रमअन्तर्गत उक्त सामग्री वितरण गरिएको हो।

स्थानीय विद्यालयका किशोरी, आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा परियोजनाकी कार्यक्रम व्यवस्थापक रमिता शाह र शिक्षा अधिकृत मिना घर्तीमगरले महिनावारी स्वच्छतासम्बन्धी अभिमुखीकरणका साथै किट ब्याग्स प्रयोग गर्ने विधिबारे जानकारी गराउनुभएको थियो।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नरैनापुर स्वास्थ्य शाखाका नविन बुढा क्षेत्री, आदर्श माविका शिक्षक साहजराम साहु र वडा सदस्य पुष्पा कुमारी रैदासले पुन: प्रयोग गर्न मिल्ने यस प्याडले स्वास्थ्य सुरक्षा र आर्थिक बचत दुवैमा सहयोग पुर्‍याउने भन्दै सामग्रीको सहि सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा वडा सदस्य फातिमा पठानी, आदर्श माविका प्रधानाध्यापक अमृता प्रसाद यादव र लेखा अधिकृत प्रदिप बोहराको उपस्थिति रहेको थियो। बास नेपालका अध्यक्ष शिव कुमार वर्माले स्वागत तथा उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकृत माधव कार्कीले गर्नुभएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी