काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनमाथि गरेको हप्कीदप्कीको विषयमा नेपाली सेनाका सेवानिवृत्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातले आपत्ति जनाएका छन् । उनले बुधबार सामाजिक संजालमा ब्यंग्य गर्दै जसरि मात्रिकाप्रसाद कोइराला ले नेपालि सेनाको मानार्थ महारथी पायका थिय अब साम्सद राजु पाण्डे लाइ पनि मानार्थ महारथी दर्जा दिन जोडदार सिफारिस गरे छु , भन्दै फ्नो बिचर पोस्ट गरेका छन् ।
यस्तो छ उनको पोस्ट –
गय राति २ बजेपछि सुत्न सकिन
कारणहरु
१) अस्तिको सडक छाप र हाल साम्सद बनेको राजु पाण्डे ले नेपालि सेनाको एउटा संगठन लाइ नै हराई छाडे। जसरि मात्रिकाप्रसाद कोइराला ले नेपालि सेनाको मानार्थ महारथी पायका थिय अब साम्सद राजु पाण्डे लाइ पनि मानार्थ महारथी दर्जा दिन जोडदार सिफारिस पनि गरेको छु। किन कि यी बिजेता बने। सडकमा राजु पाण्डेका जय जय मनाइयका भिडियो देखिन्छन। यस्तो नजिर बस्यो कि अब कुनै पनि नेताले आर्मी को ब्यारेक पुगेर मन लाग्दो आदेस दिन पाउनेछन। नेपालि सेनाको सुझाब , मत , अभिमत लाइ सुन्नु पर्ने र सैनिक नियम लै मान्यनता राख्नु पर्ने जरुरि रहेन।
२) वार कलेज लगायत २५ भन्दा बढि तालिम गर्ने, छात्ती भरि एक डोको तक्मा झुण्ड्याउने र ब्यारेक भित्र अरिंगाल हुने हाम्रा १ तारा, २ तारा, ३ तारा र ४ तारा हरु का मा रहेका अति न्युन सिपाहिपन ( केहि बाहेक ) बारे आम नेपालीले दुत्कारेका छन्। सबै भन्दा ठुलो कुरो नेपालि सेनाले अब आफ्नो ब्यारेक जोगाउने, हतियार बचाउने र पर्दा लड्नु पर्ने अर्थात गोलि हान्ने मनोबल मा ह्रास बढायको छ।
३) एमाले ( ओली ग्रुप ) , माओबादि ( पुरानै वर्ग सत्रु ठान्छ ) , सी के रावत र यसको पार्टि लगायतले नेपालि सेनालाई सत्तो श्राप गरि रहेको अबस्थामा रास्वपा र प्रधानमन्त्री तथा रक्ष्यामन्त्रि बालेन शाहले यिनका ” कोपारे ” राजु पाण्डे नामक साम्सद लगायर नेपालि सेना माथि ” रणनैतिक अबमुल्यन ” गरि तेजोबध समेत गरेका छन्। प्रधानमन्त्रि तथा रक्ष्यामन्त्रि बालेन कै कारण ले नेपालि सेनालाई अझै ओरालो लगाउन मद्दत पुगेको छ। यदि श्री ५ महाराजधिराज को पालामा हुन्थ्यो भने यस्ता अन्यायी र कानुन मिचा अनि सेनालाई जे पायो बोल्ने साम्सद को पद खोसिन्थे। यो बारेमा रक्ष्यामन्त्रि बालेन मौन अनि प्रधानसेनापति का च्यानल मार्फत कुनै जानाकारी नहुनु दुर्भाग्य हो। बालेन रक्श्यामंत्री हुन्। यिनले किन केहि बोलेनन् ?
४) नेपालि सेनाको अबिभाबक अर्थात सुप्रिम कमाण्ड इन चिफ रास्ट्रपति हुन्। यिनलाई सेनाले श्री १० महाराज जस्तै सम्मान दिन्छा। तर यिनको तर्फबाट पनि केहि भयन ?
संगिन कुरो
१) नेपाल प्रहरी का हक – हित र न्यायको लागि अबकास प्राप्त IGP लगायत हरु एक ठाउमा उभियर नेपाल सरकार र अन्य निकायहरुमा संयुक्त आवाज उठाउछन। न्याय लियका छन्। भर्खरको उदाहरण : नेपाल प्रहरी तालिम केन्द्र लाइ उठाउन लागेकोमा यिनै का पहलमा समेत सोहि ठाउमा थामियो। हेर्नुस ( बिरामी हुनु भयका रुकमाङ्गद कटवाल चिफ साब र छत्रमान सिंह गुरुङ चिफसाब बाहेक ) हाम्रा अबकास प्राप्त ४ तारे हरु को न एकता छ न यिनले सेनाको बारेमा एक सब्द बोल्छन ? यिनका लागि नेपालि सेना भनेको कौडि बराबर छ। अनि म जस्ता सेनाको लागि बोल्ने – लेख्नेहरुका चाक पछाडी कुरा कट्छन। यस्ता ४ तारेहरु नेपालमा हुनु नेपालि सेनाकोलागी दुर्भाग्य हो।
२) नेपालि सेना समग्र लाइ दोष दिनु पाप लाग्नेछ। तर फस्ट क्लास र सो भन्दा माथिका सैनिक अधिकृतहरु ले सेना माथि दुव्यवहार हुदा – मनपरी गालि गर्दा समेत तापाइहरु कत्ति सम्म सहनु हुन्छ ? मलाइ पक्का बिस्वास छ कि एउटा कम्पनि हवल्दार मेजर र बटालियन हवल्दार मेजर ले नेपालि सेनाको मान इज्जत फर्काउन तपाइहरुको भन्दा बढि काम गर्नेछन। यी नामर्द छैनन्। यिन मा इख छ – बिष छ।
अन्तमा ,
१) मलाइ जे गर्नुस – जसो गर्नुस। म कारबाही भोग्न तयार छु। म पानीमरुवा सैनिक कमाण्डरहरु देख्न चाहन्न। यसको मतलब सबै जना कातर भनेको होइन। केहि अरिंगाल हरु पनि छन्। तपाइहरु कै कारणले नेपालि सेनाको मनोबल गिरेको देख्न चाहन्न। यो सेना अरिंगाल थियो। तपाइहरुले झिंगा नबनाउनुस।
२) म सैनिक इतिहास लेख्ने सिपाही हु। तपाइहरु का लायकी र नालायकीपन लेखेरै छाड्नेछु।
३) आज बिहान नेपालि सेनाका अवकासप्राप्त प्र से कर्नेलसाब ,सुबेदार साब देखि तल्लो दर्जा ९ जनाले फोन कल गरेर हिजो को घटना र नेपालि सेनाको इज्जतको सवालमा चासो राख्नुभो। सेनाको इज्जत गयो भनेर मन दुखाउनु भो। तपाइहरुमा सेनाको माया देखे। सबैलाई ससम्मान सलाम छ !
मेरो देस – मेरो सेना : मेरा गौरव हुन् !
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline