‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ, १७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ ।

उक्त पार्टीका महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै दिवङ्गत आरोहीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पार्टीका तर्फबाट उहाँले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

पर्वतारोहणको इतिहासमा कीर्तिमान कायम गर्दै आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीलाई चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ र उहाँका सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनबाट पार्टी मर्माहत भएको एमालेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ