कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

महेन्द्रनगर (कञ्चनपुर), १७ साउनः सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका साथै सुशासनलाई संस्थागत गर्न तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी सुरु गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक प्रशासन र व्यवस्थान तथा शैक्षिक प्रशासनमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आजदेखि सुरु भएको हो । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नवीन बमले विश्वविद्यालयले प्रशासनिक व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा किसनदत्त भट्टको अध्यक्षता तथा राष्ट्रिय योजना आयोगका सदस्य एवं कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा डा सुदन झाले उद्घाटन गर्नुभयो । कार्यशालामा विश्वविद्यालयका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, विभाग प्रमुख, स्कुल प्रमुख तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको सूचना अधिकारी बमले जानकारी दिनुभयो । कार्यशालामा आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल तथा प्रशिक्षण दिइने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ