वीरगञ्जमा निषेधाज्ञा हट्यो

वीरगञ्जमा निषेधाज्ञा हट्यो

  • शनिबार, साउन १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

वीरगञ्ज (पर्सा), १६ साउनः जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो ।

उहाँले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदङ्गा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिनुभयो । सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।

आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ