सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

  • शनिबार, साउन १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

भद्रपुर (झापा), १६ साउनः नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेयपदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रञ्जन आवाका अनुसार संयुक्त चेकजाँचका क्रममा बरामद गरिएका करिब रु छ लाख ६५ हजार बराबरका पेयपदार्थ शुक्रबार मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा नष्ट गरिएको हो ।

नष्ट गरिएका सामग्रीमा कोक, फेन्टा, डिउ, चिसो, स्प्राइटलगायत पेयपदार्थ रहेका छन् । ती सामग्री नेपालमा आयात प्रतिबन्धित वा उपभोगका लागि उपयुक्त नभएकाले कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । काँकरभिट्टा नाकास्थित एकीकृत जाँच एकाइमा मेची भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोलीले यात्रु तथा मालवस्तुको नियमित जाँच गर्दै आएको छ ।

प्रहरी नायब उपरीक्षक आवाले सीमानाकाबाट हुने अवैध सामानको ओसारपसार नियन्त्रणका लागि संयुक्त निगरानी निरन्तर जारी रहेकोभन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कानुनी कारबाही गरिने भएकाले सबै यसतर्फ सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ