चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

  • शनिबार, साउन १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, १६ साउनः सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ । त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रवाह भइरहेको जनाइएको छ ।

विभागमा यही साउन १४ गते देखि दुई सिफ्टमा सेवा दिँदै दैनिक एक हजार ५०० आवेदन फाराम खुलाइएको छ । कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) का लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको छ ।

सो अवधिमा पहिलो सिफ्ट बिहान ७ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ः०० बजेदेखि बेलुकी ९ः०० बजेसम्म सञ्चालन हुनेछ । सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १०ः०० बजेदेखि बेलुकी ४ः०० बजेसम्म विभागबाट सेवा प्रवाह हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ