कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

  • शुक्रबार, साउन १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, १५ साउनः कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार मृत्यु भएको हो ।

दूतावासले उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाउँदै तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

दूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल फिर्ता पठाउनेलगायत आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी पूरा गर्ने जनाएको छ ।

यसैबीच, दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षासम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्न तथा सुरक्षित स्थानमा रहन आग्रह पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ