क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

  • शुक्रबार, साउन १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

चितवन, १४ साउनः चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५०० शैय्या मध्ये ३५० निःशुल्क रहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार ती निःशुल्क शैय्यामा बस्ने बिरामीलाई खानाको पनि सुबिधा रहेको छ । उहाँले भन्नुभयो, “हाम्रो अस्पतालमा साधारण शैय्यामा तीन पटकको खानासहित निःशुल्क सेवा दिइँदै आएको छ ।” बिरामीलाई बिहान, दिउँसो र बेलुका अस्पतालले खाना खुवाउँदै आएको छ ।”

तीन वर्षअघिबाट अस्पतालले शैय्या निःशुल्क गरेको हो । क्याविन, पेइङ् वार्ड, पोष्टप, एचडियु, आइसियु र डे केयरमा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको छ । अस्पतालमा भारतीय सीमा क्षेत्र र नेपाल भरबाट बिरामी उपचार गर्न अस्पतालमा आउने गर्दछन् । न्यून जनशक्ति र स्रोतसाधनमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता अस्पतलामा छ ।

अस्पतालमा रहेका शैय्या मध्ये ७५ देखि ८० प्रतिशतसम्म भरिने गर्दछ । नेपालमा क्यान्सर उपचारका लागि सरकारी तवरको सुविधा सम्पन्न अस्पतालका रुपमा यसलाई लिइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी