निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

  • बुधबार, साउन १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, १३ साउनः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताउनुभएको छ ।

सिंहदरबारस्थित समितिको आजको बैठकमा सांसदहरूले राखेको चासो र विज्ञासाको जवाफमा उहाँले निर्वाचन प्रणाली सुधार गर्न तीन तहका सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगलाई सफल हुनका लागि सबै दलहरू र सबै तहका सरकारबाट उत्तिकै सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै उजुरीका विषयमा प्रक्रिया नपुगीकन आएको रिट निवेदन भएकाले दर्ता गर्न अस्वीकार गरेको जानकारी गराउनुभयो ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनमा पैसा र शक्तिलाई कानुनीरूपमा नियन्त्रण गरेको हुनाले राजनीतिक दल, सरकार र सञ्चारमाध्यम कसैले पनि प्रयोग गर्न नहुने र कानुनीरूपमा कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै आयोग त्यसप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले कृत्रिक बौद्धिकताको विषयमा आफैँ पनि दक्ष व्यक्ति नभएको हुनाले सूूचना प्रविधिमैत्री संरचना बनाउँदै र दलको बीचमा रेफ्रीको भूमिका निर्वाचन आएको हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले मतदान केन्द्रमा मतगणना गर्दा लागत पनि कम हुने भएकाले छिटो पनि गणना हुने भएकाले निर्वाचन सुधारको काम पनि हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै निर्वाचनका दिन सवारी साधन सुरक्षाका कारण नचलाउने भन्दै यसबारे थप छलफल गर्ने बताउनुभयो ।

विदेशमा बस्ने नेपालीलाई मतदान गर्न उनीहरूको सङ्ख्या यकिन, विधि कस्तो बनाउने भन्ने विषयमा बृहत् गृहकार्य जरुरी भएको र नोट चल्ने भोट नचल्ने भन्ने विषय गहन छलफल जरुरी भएको उहाँको भनाइ थियो ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनको कामलाई स्वच्छ, पारदर्शी र विश्वसनीय तरिकाले सम्पन्न आफूले पूर्णरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले वदर मत घटाउन सबैले मिलेर निर्वाचन शिक्षा अभियान चलाउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ