गैँडाकोटको अकलामाई मन्दिर नजिकै दुई महिला अचेत फेला, अस्पताल पुर्‍याउनासाथ मृत घोषणा

गैँडाकोटको अकलामाई मन्दिर नजिकै दुई महिला अचेत फेला, अस्पताल पुर्‍याउनासाथ मृत घोषणा

  • सोमवार, साउन ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिकै अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गको बायाँपट्टि मन्दिर नजिकैको चौरमा दुई महिला अचेत अवस्थामा रहेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले तत्काल दुवै जनाको उद्धार गरी भेडाबारीस्थित नगर अस्पताल पुर्‍याए पनि उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

मृतकको पहिचान

प्रहरीका अनुसार मृत्यु हुनेमा:

  • कविता राई (३८ वर्षीया): बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी।

  • कान्छी राई (करिब ४५ वर्षीया): भोजपुर घर भई हाल गैँडाकोट नगरपालिका–१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी।

घटनास्थलमा बियरका बोतल र कुरमुरेका प्याकेट फेला

इलाका प्रहरी कार्यालयका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका खाली बोतल र कुरमुरेका प्याकेटहरू फेला परेका छन्।

मृतक दुवै महिलाको शरीरमा बाहिर कुनै चोटपटक नदेखिएको र मृत्युको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण (पोस्टमार्टम) को तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी