डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?

डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?

  • सोमवार, साउन ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी र सरकारबिच धनगढीमा भएको वार्ता निष्कर्षविहीन बनेको छ । सेती प्रादेशिक अस्पतालमा दिउँसोदेखि रातिसम्म चलेको छलफलमा गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनसम्बन्धी केही विषयमा सहमति भए पनि विवादित उपकुलपति र रजिस्ट्रार हटाउने मुद्दामा कुरा मिल्न नसकेको हो ।

यी विषयमा भयो सहमति

डा. केसी पक्षका वार्ता टोली सदस्य डा. अमृत जैसीका अनुसार विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुवै पक्षबिच कुनै मतभिन्नता छैन । वार्तामा देहायका विषयमा सहमति जुटेको छ:

  • ३०० शय्याको अस्पताल: यसै वर्षदेखि विश्वविद्यालयको आफ्नै ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्याउने ।

  • एमबीबीएस पढाइ सुरु: यसै शैक्षिक सत्रबाट चिकित्सा शिक्षा (MBBS) को पठनपाठन सुरु गर्ने ।

  • दु्रत प्रक्रिया: अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वतयारी, अनुगमन र अनुमति दिने निकायले कागजी तथा प्रशासनिक प्रक्रिया छिटो पूरा गर्ने ।

उपकुलपति र रजिस्ट्रार हटाउने विषयमा खटपट

अस्पताल र शैक्षिक सत्र सञ्चालनमा सहमति भए पनि विश्वविद्यालयका वर्तमान उपकुलपति र रजिस्ट्रार डा. भीम चन्दलाई हटाउने विषयमा भने सहमति जुट्न सकेन ।

डा. केसी पक्षले रजिस्ट्रारमार्फत भएका सामान खरिद तथा कर्मचारी भर्नामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदको स्वार्थ जोडिएको गम्भीर आरोप लगाएको छ । विशेष गरी रास्वपा सांसद केपी खनालले वर्तमान रजिस्ट्रारलाई जोगाउन चलखेल गरिरहेको केसी पक्षको दाबी छ ।

रास्वपा सांसद केपी खनालको स्पष्टीकरण:

“आफूमाथि लगाइएको आरोप निराधार हो । मेरो मुख्य ध्यान गेटामा विश्वविद्यालय सञ्चालन हुनुपर्छ र एमबीबीएस पढाइ सुरु हुनुपर्छ भन्नेमा छ । रजिस्ट्रार नियुक्ति सिनेट र छनोट समितिको क्षेत्राधिकारको विषय हो । विश्वविद्यालय सञ्चालन नै रोक्ने गरी चलखेल गरियो भने सुदूरपश्चिमका विद्यार्थी मारमा पर्छन् ।”

यसैबिच, रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले ठुलो बजेट आएपछि मात्रै नियतवश विवाद सिर्जना गरेर सुदूरपश्चिमको विकास पछाडि धकेल्न खोजिएको टिप्पणी गरेका छन् ।

जनप्रतिनिधि भन्छन्– ‘व्यक्तिभन्दा विश्वविद्यालय सञ्चालन मुख्य प्राथमिकता’

सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधिहरूले भने अहिले नेतृत्व परिवर्तनको विवादमा अल्झिनुभन्दा विश्वविद्यालय सञ्चालनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

  • गोपाल हमाल (मेयर, धनगढी उपमहानगरपालिका): “अहिले मुख्य कुरा विश्वविद्यालय सञ्चालन र यसै शैक्षिक सत्रदेखि डाक्टरी पढाइ सुरु हुनु हो । को पदाधिकारी रहने वा नरहने भन्ने विषय पछि पनि छलफल गर्न सकिन्छ ।”

  • हेमराज ओझा (मेयर, कृष्णपुर नगरपालिका): “नेतृत्व विवादमा अल्झिनु भन्दा गेटामा छिट्टै चिकित्सा शिक्षाको पठनपाठन सुरु गरी सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नै प्रदेशमा पढ्ने वातावरण बनाउनुपर्छ ।”

२४औँ सत्याग्रह र आगामी वार्ता

डा. गोविन्द केसी गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा सुरु गर्न र विवादास्पद नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै धनगढीमा २४औँ सत्याग्रहमा हुनुहुन्छ ।

आइतबारको वार्ता अनिर्णित भएपछि सोमबार बिहान १० बजे पुनः वार्ता बस्ने तय भएको छ । दुवै पक्षले सोमबारको छलफलबाट बाँकी विवाद समाधान भई सहमति जुट्ने अपेक्षा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ