क्यान्सर उपचारमा आर्थिक सहयोगका लागि झापाकी बिमलाको अपील

क्यान्सर उपचारमा आर्थिक सहयोगका लागि झापाकी बिमलाको अपील

  • आइतवार, साउन १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

झापा ।
झापाको अर्जुनधारा ५ निवासी बिमला अधिकारी बस्नेतले क्यान्सर उपचारमा आर्थिक सहयोग गरिदिन अपील गरेकी छिन् । विगत अढाई वर्षदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा डिम्बासयमा हुने क्यान्सरको उपचार गराइरहेकी ५० वर्षीय बस्नेतलाई पछिल्लो पटक कलेजोमा समेत क्यान्सरको संक्रमण देखिएको थियो ।
न्युन आर्थिक अवस्थाका कारण उपचार असहज बन्दै गएको भन्दै बस्नेतले आफ्नो जीवन बचाइदिन सबैसँग आग्रह गरेकी हुन् । उनले भनेकी छिन्,  डिम्बासयमा हुने क्यान्सरको उपचार गर्दै गर्दा कलेजोमा समेत क्यान्सर देखिएपछि उपचार खर्च जुटाउन गाह«ो भयो । मेरो आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोगका लागि आम नेपाली दाजु भाई तथा दिदी बहिनीमा हार्दिक अनुरोध गर्दछु ।
महालक्ष्मी विकास बैंकमा रहेकोे आफ्नो बैंक खाता नम्बर ०५७१२१००७२११८७०००००१ वा सोही खाताको क्यु आर कोडमा आर्थिक सहयोग गरिदिन उनले अनुरोध गरेकी छिन् । सहयोग गर्न चाहनेहरुले आफ्ना श्रीमान् रुद्र बस्नेतसँग ९८०१९२८८०१ मा सम्पर्क गर्न सक्ने पनि उनले बताएकी छिन् ।
२०८० फागुन १० गते क्यान्सर पत्ता लागेपछि विभिन्न चरणमा किमोथेरापी पुरा गरेकी बस्नेतको कलेजोमा पनि क्यान्सर संक्रमण देखिएपछि उपचार झनै जटिल बनेको उनले बताएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ