एजेन्सी । जापानका केही क्षेत्रमा अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । मौसम एजेन्सीका अनुसार लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
तीमध्ये टोकाइ क्षेत्रका चारै प्रान्त-शिजुओका, गिफु, मिए र आइची-समावेश छन्। सन् २०१० देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थालेयता, लगातार पाँच दिनसम्म ४० डिग्री वा सोभन्दा बढी तापक्रम मापन भएको यो सबैभन्दा लामो अवधि हो।
यसैबीच, शिजुओकाको उत्तरपूर्वमा रहेको यामानाशी प्रान्तको कोफु सहरमा पनि ४०.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline