एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

  • आइतवार, साउन १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको तस्वीर समेटिएको डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन तयार गर्न निर्देशन दिएपछि नयाँ डिजाइनमा आकाश भैरवको चित्र समावेश गरिएको हो ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन वा डिजाइन परिवर्तन मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने व्यवस्था छ । नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा यथावत् राखिनेछ।

 सिक्काको आकार र तौलमा समेत परिवर्तन गरिने –

हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का उत्पादन गर्दा यसको निर्माण लागत अंकित मूल्यभन्दा बढी पर्ने भएकाले उत्पादन खर्च घटाउने उद्देश्यले नयाँ सिक्कामा मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । स्टिलको प्रयोगले उत्पादन लागत घट्नुका साथै वातावरणीय दृष्टिले पनि उपयुक्त र दीर्घकालीन रूपमा लाभदायी हुने अपेक्षा गरिएको छ ।

यसअघि पनि सिक्काको तौल घटाउने प्रयास भएको थियो। नयाँ डिजाइनमा तौल र आकार दुवै परिमार्जन गरी सिक्का उत्पादनलाई थप लागत–प्रभावकारी बनाइने भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ