नेमकिपाले वर्तमान सरकारको विरोध गरिरहने

नेमकिपाले वर्तमान सरकारको विरोध गरिरहने

  • आइतवार, साउन १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

 

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार नभई पनि नहुने र भएर पनि नहुने बताएका छन् । सरकार नभए पनि नहुने र तर भए पनि हालको सरकार भारत र अमेरिकाले बनाइदिएको आरोप लगाएका छन् । त्यही कारण सरकारको निरन्तर विरोध गरिरहने उनले जानकारी गराए ।

निओ फ्युजन स्कुल अफ कम्प्युटर भक्तपुरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उदघाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे । उनले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ज्ञान नभएको टिप्पणी पनि गरे । के बोल्ने र के नबोल्ने भन्ने विषयमा समेत उनीहरू अनभिज्ञ छन्, उनले भने ।

बिजुक्छेले सरकारको आलोचना लोकतान्त्रिक अभ्यासको अभिन्न पक्ष भएको उल्लेख गर्दै सरकार आवश्यक भए पनि गलत कामको विरोध गर्नुपर्ने धारणा राखे । यसकारण राजनीतिबाट कोही पनि टाढा रहन सक्दैन । तर राजनीति देश र जनताको हितका लागि हुनुपर्छ, उनले भने ।

उनले सरकार सञ्चालन र बजेट व्यवस्थापन गम्भीर विषय भएको उल्लेख गर्दै बजेटमा मनपरी ढंगले हेरफेर गर्न नहुने बताए । बजेटमा एक पैसा पनि तलमाथि गर्नु हुँदैन, उनले भने ।

कार्यक्रममा उनले नेवार समुदायको भोजको उदाहरण दिँदै बीचमै उठेर जाने परम्परा नभएजस्तै राज्य सञ्चालनमा पनि जिम्मेवारी र अनुशासन आवश्यक पर्ने धारणा व्यक्त गरे ।

निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रमा बागमती प्रदेशका सांसद् सुरेन्द्रराज गोसाईले राजनीति असल कामका लागि हुनुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ