एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

  • शनिबार, साउन ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

मोबाइल, इमेल र सामाजिक सञ्जालको व्यापक प्रयोगका कारण परम्परागत हुलाक सेवा सुस्ताएको ठानिए पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको पाइएको छ। हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्रीको सफल आयात-निर्यात भएको छ।

निर्देशनालयका सूचना अधिकारी अनिश तामाङका अनुसार आयात र निर्याततर्फ समान ६३ हजार ८१० वटा हुलाक सामग्री ओसारपसार गरिएका छन्, जसमा सबैभन्दा बढी ५२ हजार ६९९ वटा ‘रजिष्ट्री’ चिठीपत्र रहेका छन्। यसबाहेक ४७० वटा वैदेशिक पत्र र २४ घण्टाभित्र पुर्‍याइने द्रुत डाँक सेवा (EMS) मार्फत दुई हजार ७२३ वटा सामग्री आदानप्रदान भएका छन्। चिठीपत्र ओसारपसारका साथै सञ्चार माध्यमको नियमन, नवीकरण र टिकट बिक्रीबाट निर्देशनालयले वर्षभरिमा रु ६४ लाख ३१ हजार ९०३ राजस्वसमेत सङ्कलन गरेको छ।

सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद आधुनिक प्रविधि र सुधारका नीति अघि बढाउँदै सेवा दिइरहेको हुलाक निर्देशक सिद्धराज जोशीले बताए। सरकारको नीतिअनुसार हुलाक सेवालाई थप आधुनिक, स्रोतसाधन सम्पन्न र सशक्त बनाउँदै लैजाने योजना निर्देशनालयको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ