अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु

अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु

  • शनिबार, साउन ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा २४ औँ अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ। अनशनको तेस्रो दिन शरीरमा सुगरको मात्रा अत्यधिक घटेर ५० मा झरेपछि तथा स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई अस्पतालको आईसीयू (ICU) मा राखेर उपचार सुरु गरिएको हो।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार निरन्तरको अनशनका कारण उनको स्वास्थ्य निकै कमजोर बनेपछि अस्पताल सार्नुपरेको हो। सुदूरपश्चिममा विशिष्टीकृत स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको सहज पहुँच हुनुपर्ने लगायतका विभिन्न माग राख्दै डा. केसीले धनगढीमा आफ्नो सत्याग्रह सुरु गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ