७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ

७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • शनिबार, साउन ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई साढे सात लाख रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको छ। बर्दिबासबाट खटिएको अख्तियारको टोलीले बागमती नगरपालिका वडा नं. १२ स्थित डिभिजन प्रमुखको क्वार्टरबाट साउन ८ गते उनीहरूलाई पक्राउ गरेको हो। बोरिङ र मोटर जडानको कार्य सम्पन्न भइसकेपछि सोबापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रकम माग गरी दुःख हैरानी दिएको उजुरीका आधारमा अख्तियारले यो कारबाही अघि बढाएको थियो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट घुसबापतको साढे सात लाख रुपैयाँका साथै स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ र तीन थान मोबाइल फोनसमेत बरामद गरिएको छ। सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका डिभिजन प्रमुख ढकाल र अधिकृत चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ