डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री

डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री

  • शुक्रबार, साउन ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले धनगढीमा २४औँ सत्याग्रह (अनसन) मा रहनुभएका डा. गोविन्द केसीसँग अनौपचारिक छलफल सुरु भइसकेको जानकारी दिनुभएको छ। शुक्रबार मन्त्रालयमा शिक्षा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले आफ्नो सचिवालयमार्फत डा. केसीसँग संवाद भइरहेको र उहाँका मागहरूप्रति ध्यानाकर्षण भएको बताउनुभयो। आफू डा. केसीको समर्थक एवं प्रशंसक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले उहाँकै निरन्तरको सङ्घर्षका कारण नेपालका गरिब तथा विपन्न विद्यार्थीहरूले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको भन्दै डा. केसीको योगदानको उच्च प्रशंसा गर्नुभयो। डा. केसी विभिन्न माग राखी बिहीबारदेखि धनगढीमा पुनः आमरण अनसनमा बस्नुभएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ