नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

  • बिहिबार, साउन ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौँ, ७ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि सङ्गठन (एफओ) का नेपाल प्रतिनिधि केन सिमिजुले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा भएको भेटमा उहाँहरु बीच नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने स्थानीय वस्तुलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री यादवले नेपालका स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन तर्जूमाको पहल सुरु भएको जानकारी गराउनुभएको मन्त्रालयले जनाएको छ ।

खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि केनले विश्वका अधिकांश राष्ट्रमा जीआई प्रणाली लागू भइसक्दा पनि नेपालमा भने अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

स्थानीय वस्तुको जीआई दर्ता नहुँदा बहुमूल्य ब्रान्ड अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नुपरेको उल्लेख गर्दै उहाँले यसलाई रोक्न तत्काल कानुन बनाएर कार्यान्वयनमा लैजान पर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ