साउन, ७ काठमाडाैं । सरकार गएकाे बैशाख १२ र १३ गते सुरक्षा निकायका दलबलसहित डाेजुर लगाएर भत्काएकाे गैरीगाउँ क्षेत्रका बाग्मती नदी दुई किनाराका सुकुम्वासी बस्ती पूर्णरूपमा खाली देखिएकाे छ ।
शान्तिनगरदेखि भिमसेनगाेल क्षेत्रसम्मका नदीका दुवै किनारामा सार्वजनिक जग्गामा वर्षाैंदेखि झुप्रा, टहरा र पक्की घर बनाएर झण्डै ३ परिवार बस्दै आएका थिए । सरकारले ल्याएकाे सर्वजानिक जग्गा खाली अभियानका क्रममा यश क्षेत्रका अवैध बस्ती महानगर प्रहरी, जनपथ र सशस्त्र प्रहरी साथै नेपाली सेना परिचालनसहित आधा दर्जन स्काभेटर मेसिन चलाएर बस्ती हटाइएकाे थियाे । हटाइएकाहरूलाई सरकारले उपत्यकाका विभिन्न हाेल्टिङ सेन्टरहरूमा लगेर राख्दै आएकाे छ । केहिलाई सम्बन्धित जिल्लामा पठाउने काम शुरू गरिएकाे छ ।
भत्काएर खाली गरिएकाे उक्त ठाउँ अहिले झारले ढाकिँदै गएकाे छ । सडक किनारामा खाली ठाउँ जाेगाउन सरकारले पर्खाल लगाउने र नाला काट्ने काम गरिरहेकाे देखिन्छ ।
तर जग्गा दिएर उचित व्यवसणथापन गर्ने भनी आश्वसनमा दिएकाे बेहाल बनाएर सेन्टरमा खाना समेत नदिई अमानवीय व्यवहार गरेकाे भन्दै वास्तविक सुकुम्वासीहरूले सरकारकाे चर्काे आलाेचना गरिरहेका छन् । उचित वणयवस्थापन नगरिए पुरानै ठाउँमा गएर बस्ने चेतावनी समेत उनीहरूले दिएका छन् । देशैभर अवैध बस्ती हटाउने क्रममा सरकारले बागमती नदी किनाराकाे थापाथली, बुद्धनगर र काठमाडाैं-भक्तपुर सिमानामा पर्ने मनाेहरा खाेला किनारा जडिबुटीबाट पनि करिब ४ सय परिवारलाई हटाइएकाे थियाे ।
सबैतिर अवैध बस्तीमा आफूलाई कुम्वासी बताउनेमध्ये एक चाैथाई पनि वास्तविक सुकुम्वासी नभेटिएकाे सरकारकाे दाबी छ । सुकुम्वासीकाे नाममा राजनीतिक संरक्षणमा हुकुम्वासी बस्दै आएकाे तथ्य बस्तीका अधिकांश मानिस सम्पर्कविही भएबाट पुष्टि भएकाे सरकारकाे भनाई छ ।












