५० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धीबीच उत्कृष्ट प्रदर्शन गरि डान्स एकेडेमी ( NDA ) जुनियर क्रु नेपाल फर्किए

५० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धीबीच उत्कृष्ट प्रदर्शन गरि डान्स एकेडेमी ( NDA ) जुनियर क्रु नेपाल फर्किए

  • बुधबार, साउन ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

नेपा : डान्स एकेडेमी ( NDA ) जुनियर क्रु नेपाल फर्किएको छ । २०२६ जुलाई १५ मा थाइल्याण्डको बैंकक प्रस्थान गरी टोलीले GLX Dance Championship 2026 मा नेपालको प्रतिनिधित्व गर्दै ५० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धीबीच उत्कृष्ट प्रदर्शन गरि जुलाई २० मा हो । १६ सदस्यीय NDA जुनियर क्रुले तीन विधामा प्रतिस्पर्धा गर्दै Teens Division मा प्रथम , Mega Crew Division मा प्रथम तथा Junior Team Division मा द्वितीय स्थान हासिल गरेको छ ।
साथै टोलीले प्रतियोगिताबाट Best Outfit र Best Choreography उपाधि समेत जिन सफल भयो । प्रतियोगिताका क्रममा विभिन्न देशका कलाकारहरूसँग सांस्कृतिक तथा नृत्य अनुभव आदान – प्रदान गर्ने अवसर पनि प्राप्त भएको थियो । सबै सहभागीले पदक तथा ट्रफी प्राप्त गरेका छन् ।

कडा प्रतिस्पर्धा , लामो तयारी र अथक मेहनतका बाबजुद टोलीले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ फहराउन सफल भएको नेपा : डान्स एकेडेमीले जनाएको छ ।
यस सफलताका लागि प्रशिक्षक , अभिभावक , शिक्षक तथा सम्पूर्ण शुभेच्छुकप्रति एकेडेमीले हार्दिक आभार व्यक्त गरे ।

सन् २०१० मा रिना महर्जन र रोहिया महर्जन द्वारा स्थापित नेपाः डान्स एकेडेमी नेपालका अग्रणी तथा पुराना नृत्य संस्थामध्ये एक हो । सन् २०२५ मा दुबईमा सम्पन्न World Supremacy Battleground मा शीर्ष पाँच स्थान हासिल गरेको NDA जुनियर कुले यसअधि World of Dance Nepal Season 2 मा पनि द्वितीय स्थान प्राप्त गरेको थियो । यस प्रतियोगितामा सहभागी सदस्यहरूः अतित न्यौपाने , त्रिनव महर्जन , फिन्जु तामाङ , संयम गुरुङ , पासाङ तामाङ , फुर्साङ लामा , बन्ला महर्जन , विमिशा डंगोल , मायरा प्रजापति समाइरा शाक्य गुरुड , ओमित्या महर्जन , शलिन श्रेष्ठ मानकी तामाङ , रितिका मानन्धर , सुयश कभौजिया र परी शाही रहेका थिए । कोरियोग्राफी प्रशिक्षकहरू श्रीष्टि महर्जन , स्वस्तिक आर्याल र सरोज मोक्तान हुनुहुन्थ्यो भने टोलीलाई रोहिया महर्जन र श्रीष्टि महर्जनले नेतृत्व गर्नुभएको थियो । नेपा : हान्स एकेडेमीले आगामी दिनमा पनि नेपाली नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ