राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै

  • बुधबार, साउन ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

चितवन, ६ साउनः जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । सो सेवा बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । आज एक सूचना जारी गर्दै बिहीबारदेखि सो सुविधा दिन लागिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमद्वारा जारी सूचनामा सेवा ग्राहीको चापलाई मध्यनजर गर्दै समय बढाइएको जनाइएको छ । दैनिक ७५० जना हाराहारीलाई सेवाग्राहीलाई सेवा दिने गरी प्रबन्ध मिलाइएको सूचनामा उल्लेख छ । यससँगै केही दिनका लागि राष्ट्रिय परिचयपत्र वितरणको काम रोकिएको थियो । विगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीको काम उक्त नम्बरका आधारमा हुने भएकाले केही दिनका लागि परिचयपत्र वितरणको काम रोकिएको सूचनामा उल्लेख छ ।

विभागको ‘सिस्टम अपग्रेड’का कारण सनाखतमा ढिलाइ भएको हुँदा क्रमशः सनाखत हुँदै जाने भएकाले उक्त प्रयोजनाका लागि कार्यालय आइराख्नु नपर्ने सूचनामा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ